नियम १५६
वार्षिक प्रतिवेदनमा खुलाउने कुराहरू
अदालतको वार्षिक प्रतिवेदनमा देहायका कुराहरू समावेश गर्नु पर्नेछः-
(क) अदालत र मातहतका अदालतमा कार्यरत न्यायाधीश र अधिकृतको नाम,
(ख) अदालत र मातहतका अदालतमा दर्ता भएका विभिन्न प्रकृतीका मुद्दा, निवेदन र प्रतिवेदनको लगत, फछर्यौट र बाँकीको स्थिति,
(ग) न्यायाधीशगत मुद्दा फछर्यौटको विवरण
(घ) पुनरावेदन परेका मुद्दामा कुन–कुन अदालतको निर्णय उपर पुनरावेदन परी प्रतिवेदन अवधिभरमा किनारा लागेको मुद्दामा तल्लो अदालतको निर्णय सदर वा उल्टी वा केही उल्टी भएका मुद्दाहरूको विवरण र सङ्ख्या,
(ङ)   निर्देशनात्मक आदेश जारी भएको सङ्ख्या र त्यसको कार्यान्वयन स्थिति,
(च) मुद्दा छिटो छरितो किसिमले टुङ्गिने तर्फ प्रतिवेदन अवधिभरमा प्रगति भयो भएन त्यसको कारण र त्यसबारे अदालतको सुझाव,
(छ) न्यायपालिकाको सुधारको सम्बन्धमा अदालतले दिन चाहेको सुझाव,
(ज) नेपालको न्याय प्रशासनसँग सम्बन्धित अन्य कुनै कुरा ।